मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

दसैँतिहार तथा छठलाई लक्षित गरी आईएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना

आइतबार, असोज १४ २०८०
दसैँतिहार तथा छठलाई लक्षित गरी आईएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना

८ जना भाग्यशाली विजेताले ५० हजार रूपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले आउँदै गरेको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी 'आईएमई पे डिजिटल दसैँ तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गतेदेखि सुरु भएको यो अभियान तथा अफर मंसिर ३ गतेसम्म चल्नेछ। यो अफरअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन्।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन्। अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रूपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

आईएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रूपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड रूपैयाँ प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका सीइओ प्रविन रेग्मीले जानकारी दिए।


प्रकाशित : आइतबार, असोज १४ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend