मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’

आइतबार, असोज १४ २०८०
रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’

यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा जनचेतना, व्यवस्थित सवारी चालन प्रबद्र्धन र सम्पदा क्षेत्रको प्रबद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ। 

काठमाडौं- रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना भएको छ। विश्व पर्यटन दिवसको अवसरमा उक्त राइड आयोजना भएको अल्फा अटोमोटिभले जनाएको छ। 

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्ड टुरिजम डेको अवसर पारेर ‘रोयल इनफिल्ड हन्टर हेरिटेज राइड आयोजन गरिएको हो। यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल सहभागी भएका थिए। 

यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा जनचेतना, व्यवस्थित सवारी चालन प्रबद्र्धन र सम्पदा क्षेत्रको प्रबद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ। 

असोज १३ गते बिहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर, कंलकी, स्वयम्भु,  भगवानपाऊ, छाउनी, भिमसेनथान, वसन्तपुर, दरबारमार्ग, घण्टाघर, शहिटगेट, त्रिपुरेश्वर, कुपोनडोल, पाटनढोका, पिम्बहाल,  मंगलबजार, बालकुमारी, कोटेश्वर, पेप्सीकोला, सानो ठिमी हुँदै भक्तपुर दरबार स्क्वायरसम्मको रहेको थियो। 


प्रकाशित : आइतबार, असोज १४ २०८००४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend