सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

विद्युत् महसुल नबुझाउने १ हजार ८ सय २३ ग्राहक कालोसूचीमा, सात करोड ६५ लाख बक्यौता उठाउन बाँकी

images
आइतबार, असोज १४ २०८०
images
विद्युत् महसुल नबुझाउने १ हजार ८ सय २३ ग्राहक कालोसूचीमा, सात करोड ६५ लाख बक्यौता उठाउन बाँकी

कालोसूचीमा रहेका ग्राहकबाट सात करोड ६५ लाख ५६ हजार सात सय ६३ रूपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको छ।

images
images

वीरगञ्ज- लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार ८ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ।

images
images
images

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएकोे हो। कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ।

images
images

टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए। कालोसूचीमा रहेका ग्राहकबाट सात करोड ६५ लाख ५६ हजार सात सय ६३ रूपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ।

images
images

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा-बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट शून्य दशमलव पाँच प्रतिशतले बढेको छ।

गत आव २०७८/७९ मा विद्युत् चुहावट चार दशमलव ९८ प्रतिशत रहेकामा आव २०७९/८० मा पाँच दशमवल ०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए।

आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार नौ सय छ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार छ सय १५ रूपैयाँ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जकी इन्जिनियर निर्मला फौजदारले बताइन्।

त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत १२ लाख २४ हजार सात सय २४ रूपैयाँ राजस्व संकलन भएको इन्जिनियर फौजदारले जानकारी दिइन्।

आव २०७९/८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएको छ। यो सँगै वीरगञ्ज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज १४ २०८००४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend