बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुबई पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गर्ने पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
दुबई पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक-पटक गरी जम्मा तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज  दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रकाशित : शुक्रबार, असोज १२ २०८०११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend