बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

हेटौँडा- बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज विहान जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको मन्त्री दुलालका स्वकीय दीपक न्यौपानेले जानकारी दिए। 

भेटमा जापान सरकार र बागमती प्रदेश सरकारबीच र प्रदेश र स्थानीय तहका पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

जापानका विदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताएका थिए। उनले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि प्रयोग गर्नका लागि जापान सरकार तयार रहेको बताएको स्वकीय न्यौपानेले जानकारी दिए। 

भेटमा मन्त्री दुलालसँगै नेपालकातर्फबाट बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौँरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, राजदूताबासका प्रथम सचिव जीतबहादुर कार्की र नेपाली जनप्रगतिशील मञ्च, जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, असोज १२ २०८०११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend