मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६औँ शाखा

शुक्रबार, असोज १२ २०८०
पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६औँ शाखा

काठमाडौं- नबिल बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयपरिसरमा २ सय ६६ औँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिलले जनाएको छ। शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा अथितिहरू पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेल, उद्योग संगठन मोरङका सभापति राकेश सुराना, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको उपस्थिति थियो।

बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, असोज १२ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend