बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

धानमा रोग लागेपछि किसान चिन्तित, पसाउने बेलाको बाला टुक्रियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
धानमा रोग लागेपछि किसान चिन्तित, पसाउने बेलाको बाला टुक्रियो

अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए।

दाङ- फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन्। कीराले पसाउने बेलामा बाला टुक्रा-टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ। 

'पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा-टुक्रा बनाउने रोग आएको छ', तुलसीपुर उपमहानगरपालिका-७ निवासी किसान भागिरथ भण्डारीले भने, 'यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ।' समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक-पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन्। 

कीरा लागेपछि दुई-तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर-७ निवासी किसान धनिराम भुसालले बताए। एग्रोभेटबाट औषधि ल्याएर छर्केको उहाँको भनाइ छ। सो कीरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट आउने उनले बताए। 

अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए। 'सुरुमा खासै थिएन', उनले भने, 'बीचमा वर्षात् रोकिएपछि रोग देखापरेको हो।'

धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको उनको भनाइ छ। किसानले पनि नियमित रेखदेख नगर्दा समस्या भएको उनको भनाइ छ। अहिले उक्त रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको र किसानले त्यहीअनुसार प्रयोग गर्ने गरेको उनको भनाइ छ। दाङका सबैजसो ठाउँमा यस्तो समस्या देखिएको उनले बताए। रासस 


प्रकाशित : शुक्रबार, असोज १२ २०८००६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend