बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

किसान आन्दोलनको अगाडि झुक्यो मोदी सरकार, कृषिसम्बन्धि विधेयक फिर्ता लिने घोषणा

images
शुक्रबार, मंसिर ३ २०७८
images
किसान आन्दोलनको अगाडि झुक्यो मोदी सरकार, कृषिसम्बन्धि विधेयक फिर्ता लिने घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ती विधेयक संसदबाट फिर्ता गरिने आजै घोषणा गरेका छन्। 

images
images

काठमाडौं- संसदमा दर्ता भएदेखि नै किसानहरुले चर्को विरोध गर्दै आएको कृषि कानून सम्बन्धिका तीनवटा विधेयकहरु भारत सरकारले फिर्ता लिने घोषणा गरेको छ। 

images
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ती विधेयक संसदबाट फिर्ता गरिने आजै घोषणा गरेका छन्। 

images
images

कृषि सम्बन्धिका तीन विधेयकबाट भारत सरकारले कृषि क्षेत्रलाई डिरेगुलेट गर्ने प्रस्ताव गरेको थियो। यसबाट न्यूनतम मूल्यको ग्यारेन्टी नहुने भन्दै किसानहरुले निरन्तर विरोध गर्दै आएका थिए। 

images
images

सन् २०२० मा भारतीय सरकारले संसदमा कृषि सम्बन्धिका कानून दर्ता गराएको थियो। 

भारतीय प्रधानमन्त्रीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न भन्दै ल्याएका ती कानूनका विरुद्धमा सुरुदेखि नै किसानहरुले विरोध गरेका थिए। 

एक वर्षदेखि नयाँ दिल्ली हरियाना क्षेत्रमा किसानहरुले निरन्तर विरोध प्रदर्शन पनि गरे। भारतको प्रमुख प्रतिपक्षी दलको पनि निरन्तरको विरोध जारी रह्यो। अन्तत: मोदी सरकार किसान आन्दोलनसँग झुक्न बाध्य भयो। 

 

 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend