बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकममा खुल्यो २७० जनाका लागि जागिर, अनलाइनबाट आवेदन दिन सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ३ २०७८
नेपाल टेलिकममा खुल्यो २७० जनाका लागि जागिर, अनलाइनबाट आवेदन दिन सकिने 

प्राविधिक र प्रशासनिक गरी विभिन्न २० प्रकारका पदमा टेलिकमले जागिर खुलाएको छ। 

काठमाडौं- सरकारी स्वामित्वको नेपाल टेलिकममा विभिन्न पदमा जागिरको अवसर खुलेको छ। 

कम्पनीले  खाली रहेका विभिन्न तहका २७०  पदका लागि आवेदन खुलाएको हो। 

प्राविधिक र प्रशासनिक गरी विभिन्न २० प्रकारका पदमा टेलिकमले जागिर खुलाएको छ। 

निर्धारित योग्यता पुगेका नागरिकहरुले अनलाइनबाट आवेदन दिनसक्ने भएका छन्। नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मा गएर आवेदन दिन सकिने छ। 

परीक्षाको पाठ्यक्रम पनि कम्पनीको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। मंसिर २३ गतेसम्म आवेदन दिनसकिने ५। दोब्बर दस्तुर तिरेर पुष १ गतेसम्म पनि आवेदन दिन सकिने छ। 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०४:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend