बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम 

बिहीबार , असोज ११ २०८०
एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम 

एनसेलले वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो। 

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा  सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरु लगायत एक सय जना बढीले रक्तदान गरेका थिए। दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्नेछन्।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भइ रक्तदान गर्ने सबैलाई धन्यवाद दिए। 'स्थानीय बासिन्दा र हाम्रा ग्राहकहरूसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौँ। रक्तदान एउटा निःस्वार्थ कार्य हो', उनले भने। 

एनसेलले ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ। त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमती कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन्। 

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज ११ २०८००६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend