बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२४ बुँदे वाचापत्र सार्वजनिक गर्दै आरके शर्माले गरे एनआरएनए अध्यक्ष पदमा उम्मेद्‌वारी घोषणा

बिहीबार , असोज ११ २०८०
२४ बुँदे वाचापत्र सार्वजनिक गर्दै आरके शर्माले गरे एनआरएनए अध्यक्ष पदमा उम्मेद्‌वारी घोषणा

राजेन्द्र कुमार शर्मा हाल कतार एनसीसी अध्यक्ष समेत हुन्। उनी गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्।

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनमा राजेन्द्र कुमार(आरके) शर्माले अध्यक्ष पदका लागि उम्मेद्‌वारी घोषणा गरेका छन्। आगामी अक्टोबर १७ देखि २० गतेसम्म हुने ११औँ महाधिवेशनका लागि उनले कतारबाट उम्मेद्‌वारी घोषणा गरेका हुन्। आरके हाल कतार एनसीसी अध्यक्ष समेत हुन्।

कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटलमा आयोजित एक कार्यक्रमका बीच शर्माले उम्मेद्‌वारी दाबी प्रस्तुत गरेका हुन्। 'गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी, प्रवासमा सम्मान' भन्ने मुल नारा समेटेर शर्माले २ वर्षे कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका छन्।

विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू प्रस्तुत गरेको उनको दाबी छ। सो अवसरमा शर्माले आफूले प्रस्तुत गरेको योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने विश्वास दिलाए।

'मैले आइसीसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भइ जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु', वाचापत्र सार्वजनिक गर्दै शर्माले भनेका छन्, 'त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु। तपाईँ हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ।'

उनले आफूले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको बताए। उनले भने, 'अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ। मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु। ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो वाचापत्र सार्वजनिक गरेको छु।'

आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरिसकेका छन्। 


प्रकाशित : बिहीबार , असोज ११ २०८००६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend