मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान : भुपाजित राईले जिते एक लाख

बुधबार, असोज १० २०८०
डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान : भुपाजित राईले जिते एक लाख

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो।

काठमाडौं- 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भोजपुरको रानिवासका भुपाजित राईले नगद एक लाख रूपैयाँ जितेका छन्। असोज ८ गते सोमबार भएको लक्की ड्रमार्फत उनले एक लाख रूपैयाँ नगद जितेको डिशहोमले जनाएको छ।

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझै जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्, जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझै जीवनशैलीको अनुभव पनि गर्न पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ। असोज १ गतेदेखि लागु भएको यो योजना सीमित अवधिको लागि नेपालभर लागु हुने डिशहोमले जनाएको छ।


प्रकाशित : बुधबार, असोज १० २०८०१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend