मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी संस्थामा विशेष छुट

बुधबार, असोज १० २०८०
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी संस्थामा विशेष छुट

सम्झौतापश्चात् महालक्ष्मी बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ती संस्थामा छुट पाउनेछन्।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृंगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालको ओपीडी र आईपीडी सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने गरी सम्झौता भएको छ। यस्तै भैरहवाको सिद्धार्थनगरमा रहेको एसियन बुद्ध होटलमा २० प्रतिशतसम्म, तनहुँको आँबुखैरेनीमा रहेको मल्ल फेन्सीमा १० प्रतिशत, हेटौँटास्थित रिसु ब्युटी पार्लरमा १‍० प्रतिशत र काठमाडौंको बाँसबारीमा रहेको ब्युटीफूल कलेक्सनमा कपडामा १० प्रतिशत र जुत्ता तथा ब्यागमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। 

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ। 


प्रकाशित : बुधबार, असोज १० २०८००७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend