बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बिजनेस न्युजका कार्यकारी सम्पादक दाहाललाई पितृशोक 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १० २०८०
बिजनेस न्युजका कार्यकारी सम्पादक दाहाललाई पितृशोक 

काठमाडौं- बिजनेस न्युजका कार्यकारी सम्पादक केदारप्रसाद दाहाललाई पितृशोक परेको छ। दाहालका पिता डोलप्रसादको मंगलबार ७८ वर्षको उमेरमा देहवसान भएको हो।

नेपाली सेनाबाट अवकाशप्राप्त डोलप्रसादको मंगलबार काठमाडौं छाउनी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनमा लामो समयदेखि दमलगायतका स्वास्थ्य समस्या थियो। उनको हिन्दु संस्कारअनुसार बुधबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

विस २००३ सालमा गोरखा फुजेलमा जन्मिएका स्वर्गीय डोलप्रसादको ३ छोरी र एक छोरा छन्। 

 

 


प्रकाशित : बुधबार, असोज १० २०८००६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend