मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुजुकीको चाडपर्व स्किम ‘बाडौँ खुसी चढौँ सुजुकी’

मंगलबार, असोज ९ २०८०
सुजुकीको चाडपर्व स्किम ‘बाडौँ खुसी चढौँ सुजुकी’

यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने भीजी अटोमोबाइल्सले बताएको छ।

काठमाडौं- सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व अफर ल्याएको छ।

भीजी अटोमोबाइल्सले आफ्ना ग्राहक मध्यनजर गर्दै सुजुकीका उत्कृष्ट मोटरसाइकल तथा स्कुटरको खरिदमा दसैँतिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौ खुसी चढौँ सुजुकी’ स्किम ल्याएको हो। 

यो वर्षको चाडमा सुजुकीले ल्याएको बाडौँ खुसी चढौँ सुजुकी स्किमअन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँसम्म पक्का छुट पाउने छन्।

त्यस्तै कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकले १० हजार थप मूल्यांकन पाउने वा शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्षको रोड ट्याक्स फ्रि हुने कम्पनीले जनाएको छ। 

यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने भीजी अटोमोबाइल्सले बताएको छ।

यो स्किम दसैँ, तिहार तथा छठको लागि लागु गराएको कम्पनीले जनाएको छ। बीएस सिक्स इन्जिनका साथै एसईपी प्रविधि, पावर, स्टाइल र कम्फर्टयुक्त सुजुकीका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले ५ वर्ष वारेन्टी र अन्य थुप्रै विशेषताले भरिएका सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहाकको मन जित्ने सफल हुने विश्व कम्पनीको छ। 


प्रकाशित : मंगलबार, असोज ९ २०८०१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend