बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना 

मंगलबार, असोज ९ २०८०
एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना 

गत शनिबार भएको खेलमा एनसेलले १-० को अन्तरले जित हासिल गरेको थियो। एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेल मैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। यसअन्तर्गत शनिबार र आइतबार गरि चार खेलहरु भएका थिए।

वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएका हुन्। पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिताले यस कार्यक्रमलाई विषेश बनाएको थियो।

गत शनिबारको पहिलो मैत्रीपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो। एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए। यो खेलमा एनसेलले १-० को अन्तरले जित हासिल गरेको थियो। एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए।

ncell - purple kickoff -.jpeg

त्यसैगरी शनिबार भएको अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबीच भएको थियो। दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको थियो। कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्री, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए। अनिल गुरुङको टिमले ५-४ को अन्तरले खेल जितेको थियो।

त्यस्तै आइतबार (असोज ७) सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो। लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४-१ को अन्तरालले जित हासिल गरेको थियो। त्यस्तै आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको थियो। कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४-३ गोलको अन्तरालले खेल जितेको थियो।

‘हामी तपाईँकै लागि’ थिमअन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिने एनसेलले जनाएको छ। त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमणलगायत रहेका छन्।


प्रकाशित : मंगलबार, असोज ९ २०८००५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend