मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सोमबार, असोज ८ २०८०
सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

ग्राहकहरुले यो अवसर नगुमाई किफायिती मूल्यमा आफ्नो रोजाईको विशिष्ट सेगवेका उत्पादनहरु खरिद गर्न सक्ने छन्।

काठमाडौं- सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले चितवन र बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यी शोरुमहरू लोक सुशीला मोटर प्रालि र युनाइटेड अटो कन्सर्न प्रालिसँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो।  

बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन-१००, ई-१००, ई-११०एल र ई-१२५ मोडलहरुसहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ। यस विस्तृत विकल्पहरुको प्रदर्शनीले ग्राहकहरुलाई आफ्नो आवश्यकताअनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ।

उद्घाटन अफर अन्र्तगत यी शोरुमहरुमा सेगवे ई-स्कूटरहरुको विशेष मूल्य तोकेका छन्। ग्राहकहरुले यो अवसर नगुमाई किफायिती मूल्यमा आफ्नो रोजाईको विशिष्ट सेगवेका उत्पादनहरु खरिद गर्न सक्ने छन्।  

यी शोरुमहरुबाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको विस्तृत रुपमा फाइदा लिन सक्नेछन्। शोरुममा यी सेवाहरू उपलब्ध गर्नुको मुख्य कारण सेगवेका ग्राहकहरुले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायात साधनहरूको आनन्द लिन सकोस् भन्ने सुनिश्चित गर्न समावेश गरिएको हो।  

शोरूमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय विद्युतीय स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट-ड्राइभ गर्ने अवसर पाउनेछन्। विस्तृत सुविधाहरू र नवीनतम सेगवे स्कुटरहरूको पर्याप्त स्टक भण्डारणको साथ, बुटवल, चितवन र वरपरका क्षेत्रहरूमा ग्राहकहरूले सजिलैसँग आफ्नो मनपर्ने सेगवे उत्पादनहरू पाउन र खरिद गर्न सक्छन्।

यी शोरुमहरूको सञ्चालनसँगै आईहब प्रालिले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरूलाई थप प्रवद्र्धन गर्दै सेगवेका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


प्रकाशित : सोमबार, असोज ८ २०८०१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend