शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

असोज १० देखि ललितपुरमा जुत्ता चप्पल व्यापार मेला आयोजना हुँदै, ५० प्रतिशतसम्म छुट पाइने

images
सोमबार, असोज ८ २०८०
images
असोज १० देखि ललितपुरमा जुत्ता चप्पल व्यापार मेला आयोजना हुँदै, ५० प्रतिशतसम्म छुट पाइने

मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ। प्रवेश नि:शुल्क रहेको आयोजकले जनाएको छ।

images
images

काठमाडौं- नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूहले 'वडादसैँ जुत्ता चप्पल व्यापार मेला २०८०' आयोजना गर्ने भएको छ। मेला असोज १० गतेदेखि ललितपुरको जाउलाखेल खेल मैदानमा आयोजना हुनेछ।

images
images
images

कार्तिक ३ गतेसम्म चल्ने मेलामा नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यामा उपलब्ध हुनेछन्।

images
images

मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल शुज, वेश फुटवेयरको उत्पादन वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल, आर.डि.कलेक्सनको हाई लाईफ, केटिएम शुजको केटिएम, डि.जे. शुज कम्पनीको  डि.जे. शुज, फुड फेशनको वेली शुज, सर अनिल ट्रेड, लिंक्सको उत्सव र कोसेली छाला जुत्ता उद्योगको कोसेली सुज गरी ११ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहनेछ।

images
images

मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका नेपाली र गुणस्तरीय जुत्ताहरु उपलब्ध हुने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए। उनका अनुसार नयाँ उत्पादनहरु पनि उक्त मेलामा लञ्च गरिने छ।

मेला अवधिभर विषेश छुटको व्यवस्था गरिने संयोजक उपाध्यायले जानकारी दिए। न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइने उनले बताए।

मेला अवधिभरमा ३ लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ।

मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ। प्रवेश नि:शुल्क रहेको आयोजकले जनाएको छ।


प्रकाशित : सोमबार, असोज ८ २०८००५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend