मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आईएमईद्वारा सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवाको सुरुवात

आइतबार, असोज ७ २०८०
आईएमईद्वारा सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवाको सुरुवात

विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आईएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन्।

काठमाडौं- नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीहरुले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ।

विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आईएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न आईएमई पहिलो  रेमिट्यान्स कम्पनी बनेको छ।

आईएमई प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए। कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आईएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई रूपैयाँ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो।


प्रकाशित : आइतबार, असोज ७ २०८०११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend