मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

चितवनमा टाटाको नयाँ शोरुमबाट टियागो ईभी र पन्चको बिक्री सुरु

शनिबार, असोज ६ २०८०
चितवनमा टाटाको नयाँ शोरुमबाट टियागो ईभी र पन्चको बिक्री सुरु

भरतपुरको रिजाल चोकमा रहेको नयाँ शोरुममा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछन्।

काठमाडौं- टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि भरतपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो।

३ हजार ५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित रहेको छ। यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछन्।

नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो ईभी नामक दुई नँया गाडीहरुको बिक्री वितरण भरतपुरमा सुरु भएको छ। शोरुम उद्‌घाटन कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्तजंग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो।

'टाटा मोटर्सका लागि महत्वपूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ', कार्यक्रममा सावन्तजंग सिजापतिले भने, 'ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौँ।'

एसएच मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देशक सेढाइले टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्चस्तरको सेवा स्थनीयस्तरमै दिन पाउँदा खुशी लागेको बताइन्। 

टियागो ईभीमा प्रविधि, विश्वास, चार्जिङ र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु छन्। यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, टाटाको 'न्यु फरेभर' रेञ्ज अन्तर्गतको पन्चमा मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा छ। पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयूभीको रुपमा पनि परिचित छ।


प्रकाशित : शनिबार, असोज ६ २०८००८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend