बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कृषिमा आत्मनिर्भर हुन बागमतीमा ११ पकेट क्षेत्र बनाउने तयारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ५ २०८०
कृषिमा आत्मनिर्भर हुन बागमतीमा ११ पकेट क्षेत्र बनाउने तयारी

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन्। बागमती प्रदेश युवा परिषदको आयोजनामा आज यहाँ सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उनले बताए।

उनले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिए। प्रदेश सरकारले बहुबर्षिय योजना बनाएर काठमाडौं र भक्तपुर बाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने बताए।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सहयोग गर्ने बताइन्। युवा स्वयंसेवकहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउदै उनले प्रदेश सरकारले उहाँहरुको कार्यको मूल्याङ्कन गर्ने भनाइ राखिन्। रासस


प्रकाशित : शुक्रबार, असोज ५ २०८००८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend