मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान जारी  

बिहीबार , असोज ४ २०८०
डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान जारी  

काठमाडौं- डिटिएच सेवाप्रदायक डिसहोमले दसैँ तिहारलाई लक्षित गर्दै  योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्ने छन्।

जसमा नगद १० लाख र मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।
 
डिशहोमका प्रवक्ता रजत थापाले भने,' रमाइलो दसैँ तिहार चाडपर्वमा वर्षौंदेखि हामीलाई साथ दिइरहनु भएका हाम्रा ग्राहकहरु समक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ। हामी आशा गर्छौ कि यो अभियानले उहाँहरुको पर्वमा थप चमक थप्नेछ।' 
 
सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र नेसनल टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुने छ। 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान असोज १ देखि सीमित अवधिको लागि नेपालभर लागु हुने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , असोज ४ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend