बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई महिनामै वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या २४ प्रतिशतले घट्यो

मलेसियाले नयाँ भिसा जारी नगर्दा यूएई जानेको संख्या बढ्दो

बिहीबार , असोज ४ २०८०
दुई महिनामै वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या २४ प्रतिशतले घट्यो

काठमाडौं- गत आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीमा जानेको संख्या इतिहासकै सबैभन्दा बढी भएको थियो। गत आवमा ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि गएका थिए तर चालु आवको दुई महिना साउन र भदौमा गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउन र भदौमा नयाँ कामका लागि म्यानपावरमार्फत, व्यक्तिगत भिसा र बिदामा नेपाल आइ पुन: विदेश जानेको संख्या १ लाख ६ हजार ४ सय ५९ जना रहेको छ तर गत आवको सोही अवधिमा १ लाख ३९ हजार ४ सय ४२ जना युवा वैदेशिक रोजगारीका लागि विदेश गएका थिए।

विभागका अनुसार चालु आवको साउनमा ५५ हजार ५ सय ७५ र भदौमा ५० हजार ८ सय ८४ जना युवाले वैदेशिक रोजगारीका जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार यसरी जानेका पनि म्यानपावरमार्फत नयाँ कामका लागि विदेश जानेको संख्या साउनमा २९ हजार २ सय २४ र भदौमा २७ हजार १ सय ७१ गरी कुल ५६ हजार ३ सय ३९ रहेको थियो।

गत आवमा नयाँ कामका लागि म्यानपावरमार्फत जाने युवाको संख्या साउनमा ३७ हजार ६ सय ८० र  भदौमा ५० हजार ५० जना रहेका थिए। पछिल्लो समयमा नयाँ कामका लागि सबैभन्दा बढी युवा यूएई गएका छन्। भदौमा ६ हजार ९ सय ६८ जना युवा नयाँ काममा लागि म्यानपावर मार्फत यूएई पुगेका छन्। नयाँ कामका लागि मलेसिया जानको संख्या संख्या भने ६ हजार ८ सय ४० रहेको छ। 

म्यानपावर व्यवसायीका अनुसार मार्च १५ देखि मलेसियाले नयाँ भिसा जारी नगर्दा मलेसिया जान कामदारको संख्यामा विस्तारै कमी आएको हो। मलेसियाले पहिले जारी गरेको भिसाअनुसार कामदार नगएपछि मार्च १५ देखि नयाँ भिसा जारी गरेको छैन। अहिले पहिले नै जारी भएको भिसामा मात्रै कामदार मलेसिया गएका छन्।


प्रकाशित : बिहीबार , असोज ४ २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend