शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

नेपालको पहिलो विद्युतीय ट्रक फोटोन टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रूपैयाँ

images
बुधबार, असोज ३ २०८०
images
नेपालको पहिलो विद्युतीय ट्रक फोटोन टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रूपैयाँ

३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर (एनईडीसी प्रमाणित) रेन्ज दिन्छ।

images
images

काठमाडौं- फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालको पहिलो विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रूपैयाँ तोकेको छ।

images
images
images

यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुनेछ। नाडा अटो शो २०८० मा औपचारिक रुपमा सार्वजनिक गरिएको टीएम वानको उल्लेखीय बुकिङ भएको कम्पनीले जानकारी गराएको छ।

images
images

३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर (एनईडीसी प्रमाणित) रेन्ज दिन्छ। यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने यसको टर्क २ सय २० एनएम रहेको छ। उक्त गाडीको पेलोड १४ सय किलो रहेको छ। 

images
images

सीसीएस टू चार्जिङ पोर्ट रहेको यो टीएम वान फास्ट चार्जरबाट १ घण्टामा र स्लो चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ। यसको ब्याट्री सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट हो। १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो विद्युतीय ट्रकको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

टीएम वान विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्युतीय ट्रकले पूर्णक्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, असोज ३ २०८००८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend