मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

नेपालको पहिलो विद्युतीय ट्रक फोटोन टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रूपैयाँ

बुधबार, असोज ३ २०८०
नेपालको पहिलो विद्युतीय ट्रक फोटोन टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रूपैयाँ

३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर (एनईडीसी प्रमाणित) रेन्ज दिन्छ।

काठमाडौं- फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालको पहिलो विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रूपैयाँ तोकेको छ।

यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुनेछ। नाडा अटो शो २०८० मा औपचारिक रुपमा सार्वजनिक गरिएको टीएम वानको उल्लेखीय बुकिङ भएको कम्पनीले जानकारी गराएको छ।

३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर (एनईडीसी प्रमाणित) रेन्ज दिन्छ। यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने यसको टर्क २ सय २० एनएम रहेको छ। उक्त गाडीको पेलोड १४ सय किलो रहेको छ। 

सीसीएस टू चार्जिङ पोर्ट रहेको यो टीएम वान फास्ट चार्जरबाट १ घण्टामा र स्लो चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ। यसको ब्याट्री सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट हो। १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो विद्युतीय ट्रकको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

टीएम वान विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्युतीय ट्रकले पूर्णक्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, असोज ३ २०८००८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend