मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोम फाइबरनेटको नयाँ अफर 'कनेक्सनको दोबर उत्सव' अन्तर्गत पाउनुहोस् उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

बुधबार, असोज ३ २०८०
डिशहोम फाइबरनेटको नयाँ अफर 'कनेक्सनको दोबर उत्सव' अन्तर्गत पाउनुहोस् उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

यस योजनामार्फत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात् अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउने छन्। । 

काठमाडौं- डिशहोम फाइबरनेटले आफ्नो ग्राहकहरुका लागि 'कनेक्सनको दोबर उत्सव' अफरको सुरुवात गरेको छ।

यस योजनामार्फत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात् अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउने छन्। यो अफरअन्तर्गत डिशहोमका ग्राहकहरुले शुलभ मूल्यमा डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीको विश्वास छ।

यो योजनाअन्तर्गत ग्राहकले पाउनेछन् यी सुविधा 

*५०+५० एमबीपीएस : ग्राहकले एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ पुरानै ५० एमबीपीएसको मूल्यमा मात्र ७ हजार ८ सय ९८ रूपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सक्नेछन्। 

*७५+७५ एमबीपीएस : एक वर्षका लागि १ सय ५० एमबीपीएस ब्यान्डविथ पुरानै ७५ एमबीपीएसको मूल्यमा मात्र ८ हजार ७ सय ५९ (भ्याट बाहेक) मा जडान गर्न सकिने।

*१००+१०० एमबीपीएस : एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ पुरानै  १०० एमबीपीएसको मूल्यमा मात्र ९ हजार ६ सय ९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।

*१५०+१५० एमबीपीएस : एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ पुरानै १५० एमबीपीएसकै मूल्यमा मात्र ७ हजार ८ सउ ९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।


प्रकाशित : बुधबार, असोज ३ २०८००७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend