मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आईएमईले ल्यायो 'आईएमई गरौँ, करोडपति बनौँ' योजना

बुधबार, असोज ३ २०८०
आईएमईले ल्यायो 'आईएमई गरौँ, करोडपति बनौँ' योजना

२०८० असोज २ गतेदेखि सुरु भएको यो योजना २०८१ भदौ मसान्तसम्म लागु हुनेछ। 

काठमाडौं-  नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले 'आईएमई गरौँ, करोडपति बनौँ' योजना सार्वजनिक गरेको छ।  

यस योजनाअन्तर्गत आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रूपैयाँ नगद जित्नेछन्। सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रूपैयाँ पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।   

आईएमई गरी आईएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउण्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन्। २०८० असोज २ गतेदेखि सुरु भएको यो योजना २०८१ भदौ मसान्तसम्म लागु हुनेछ। 

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन्। साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।


प्रकाशित : बुधबार, असोज ३ २०८००५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend