मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

१८औँ वार्षिकोत्सवको अवसरमा एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफर

बुधबार, असोज ३ २०८०
१८औँ वार्षिकोत्सवको अवसरमा एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफर

एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन 'स्योर प्राइज गिफ्ट' को फाइदा लिन सक्छन्।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफर ल्याएको छ। यस अफरअन्तर्गत एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन 'स्योर प्राइज गिफ्ट' को फाइदा लिन सक्छन्।

यति मात्र होइन, ग्राहकहरूले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्न सक्नेछन्। एनसेलले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हामी तपाईँकै लागि’ थिमअन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ ल्याएको घोषणा गरेको हो।

यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन्। आइतबारदेखि नै ग्राहकहरूले एनसेलका सेवा, सुविधाहरु स्योर प्राइजकारुपमा उपहारहरू निःशुल्क प्राप्त गर्न थालिसकेको कम्पनीले जनाएको छ।

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरु पाउन योग्य हुन ग्राहकहरूले सजिलै *१७११७# डायल गर्न सक्छन्। यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइज स्वरुप प्राप्त गर्छन्।

ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन्। स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा, सुविधाहरु २४ घण्टाको लागि मान्य रहन्छ।

२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा एक हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरुप १०० रूपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। योजनाको अन्त्यमा सात जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारको रूपमा एक/एक वटा स्कुटर जित्ने एनसेलले जनाएको छ।

साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक *१७११७# डायल गरेको हुनु पर्नेछ। योजना अवधिमा केही न केही एनसेलका सेवाहरू पनि प्रयोग गरेको हुनुपर्नेछ।

यो योजनामा सहभागी हुन चाहने ग्राहकले एनसेलका बारेमा एउटा नारा पनि एनसेल एप वा वेबसाइटमा पठाउनुपर्छ।


प्रकाशित : बुधबार, असोज ३ २०८००५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend