मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एनएमबि बैंकको 'डिजी स्टेसन' सञ्चालनमा

बुधबार, असोज ३ २०८०
एनएमबि बैंकको 'डिजी स्टेसन' सञ्चालनमा

'डिजी स्टेसन' को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने  बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ।

काठमाडौं- एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक 'डिजी स्टेसन' को सुरुवात गरेको छ।

'डिजी स्टेसन' ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो, जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायताबिना नै गर्न सकिनेछ।

'डिजी स्टेसन' को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने  बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ।

बैंकले प्रथम चरणको 'डिजी स्टेसन'को सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरेको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रूपैयाँभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ। साथै, चेक डिपोजिट मेसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिंग चेकसमेत डिपोजिट गर्ने सुविधा रेहको छ। 

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजी स्टेसनमा एटीएम मेसिनको सुविधा हुँदा ग्राहकका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचिलत ढंगले छिटो छरितो माध्यमबाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : बुधबार, असोज ३ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend