बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विभिन्न सहरहरुमा कार्यक्रम गरी एनसेलले मनायो तीज

बुधबार, असोज ३ २०८०
विभिन्न सहरहरुमा कार्यक्रम गरी एनसेलले मनायो तीज

तीज कार्यक्रम कम्पनीको १८औँ वार्षिकोत्सवको 'हामी तपाईँकै लागि' भन्ने थिमका साथ आयोजना गरिएको थियो।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरहरुमा सांगीतिक कार्यक्रमको आयोजना गरी ठूलो उत्साह र उमंगका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ।

तीज कार्यक्रम कम्पनीको १८औँ वार्षिकोत्सवको 'हामी तपाईँकै लागि' भन्ने थिमका साथ आयोजना गरिएको थियो।

तीज हिन्दू महिलाहरुले ठूलो उत्साहका साथ मनाउने नेपालको एक विशेष पर्व हो। एनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार एनसेलले विभिन्न चार सहरहरु सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमहरुमा विशेषगरी महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरुले सांगीतिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानीय कलाकारहरुको गीतसंगीत प्रस्तुतिमा नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए। ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो। स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरु लिन सक्ने व्यवस्था रहेको थियो।

एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सव मनाएको हो। कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ। ‘हामी तपाईँकै लागि’ थिमअनुरुप आफ्ना ग्राहकहरुसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।


प्रकाशित : बुधबार, असोज ३ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend