बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १ २०८०
परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेट

साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ।

वाशिङ्टन डीसी- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डी कार्लोबीच भेटघाट भएको छ।

आइतबार सम्पन्न सो भेटको उनीहरु बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ।

साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए। रासस


प्रकाशित : सोमबार, असोज १ २०८००४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend