मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एसियन पेन्ट्सले काठमाडौंमा सुरु गर्‍यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’

आइतबार, भदौ ३१ २०८०
एसियन पेन्ट्सले काठमाडौंमा सुरु गर्‍यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’

काठमाडौं- एसियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेशनल प्रा.लि.मा आफ्नो मल्टि क्याटेगोरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ।

ग्राहकहरुलाई उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्नेछ।

स्टोरको उद्घाटन गर्दै एसियन पेन्ट्सका प्रबन्ध निर्देशक तथा सीईओ अमित सिंग्लेले ग्राहकहरुको चाहनालाई सम्बोधन गर्न  उनीहरुको भावना र घरसँगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छानामुनि सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको बताए।

१६०० वर्ग फिटमा फैलिएको यो नवीन ‘एसियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकहरुका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरु एकै ठाउँमा उपलब्ध भएको शोरुम हो। यो शोरुममा फेब्रिक्स र वाल पेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिङका बाथरुम फिटिङहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरु, एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन छ, जसबाट ग्राहकहरुले यी प्रोडक्टहरुको अनुभव लिन सक्नेछन्।


प्रकाशित : आइतबार, भदौ ३१ २०८००८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend