बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा विलिङ : विलिङ एयर ईभीबारे चासो राख्नेको भिड

शनिबार, भदौ ३० २०८०
नाडामा विलिङ : विलिङ एयर ईभीबारे चासो राख्नेको भिड

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा विलिङ एयर ईभी बनेको हो। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभीसमेत बनेका छन्।

काठमाडौं- नेपाली बजारमा विलिङ एयर ईभी बिक्री गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शोमा फरक शैलीमा स्टल तयार गरेको छ। नाडा अटो शोमा आउने ग्राहलाई वाइ वान गेट वान फ्यासिलिटी उपलब्ध गराउँदै आइरहेको छ।

वाइ वान गेट वान फ्यासिलिटी अन्तर्गत ३ सय किमि विलिङ किन्ने ग्राहकले थाइल्यान्ड भिजिट अवसर पाउनेछन भने ग्राहकले विलिङको स्टलबाट त्यही बसेर फाइनान्सको सुविधा, गाडी एक्सचेन्जको सुविधा पाउने छन्। 

नाडा अटो शोमा रहेको विलिङको स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन होस भनेर कम्पनीले तस्विर प्रदशनीमा राखेको छ। जसमा जनकपुरधाम, कुमारी,स्वयम्भु, वसन्तपुर दरबार, डमरु आदि समावेश गरेको छ। 

२ सय र ३ सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा विलिङ एयर ईभी उपलब्ध छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार र २६  लाख ९९ हजार रुपैयाँ छ। नाडा शोमा विलिङको स्टलमा बुकिङ गर्ने ग्राहकको भिड छ भने अहिलेसम्म ५१ वटा बुकिङ भइसकेको कम्पनीले जनाएको छ। 

air ev.jpg

नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३ सम्म भृकुटी मण्डपमा जारी छ। आइतबार अन्तिम दिनसम्म कम्पनीले १ सय वटा बुकिङ लिने लक्ष्य लिएको छ। विलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। विलिङ एयर ईभी इन्डोनेसियालगायत विश्वमा नै  लोकप्रिय रहेको विद्युतीय कार हो। 

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा विलिङ एयर ईभी बनेको हो। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभीसमेत बनेका छन्।

विलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त सो विद्युतीय कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटरसम्मको रेन्ज दिन्छ।


प्रकाशित : शनिबार, भदौ ३० २०८०१३:०२
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # wuling
  • # air ev


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend