बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा किङलङ : १४ र १९ सिटे ईभी भ्यानले तान्दै छ अवलोकनकर्ताको ध्यान

शनिबार, भदौ ३० २०८०
नाडामा किङलङ : १४ र १९ सिटे ईभी भ्यानले तान्दै छ अवलोकनकर्ताको ध्यान

रुटमा सवारी चलाउने तथा स्कुल प्रयोजनका लागि भ्यान आवश्यक पर्नेले भने निक्कै चासोका साथ यसबारे सोधीखोजी गरेको र बुकिङ गरिरहेको कम्पनीको भनाइ छ। 

काठमाडौं- नाडा अटो शो २०२३ मा विद्युतीय कारमात्र नभइ विद्युतीय भ्यानमा समेत उपभोक्ता झुम्मिभएका छन्। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएको र सञ्चालन खर्च न्यून हुने भएकाले धेरैको ध्यान त्यतातर्फ आकर्षित भएको हो। 

नाडा अटो शोमा किङलङका १४ सिट क्षमताको र १९ सिट क्षमताको दुई वटा विद्युतीय भ्यान प्रदर्शनीमा राखिएको छ। सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा नेपाल भित्र्याएको किङलङका विद्युतीय भ्यान स्कुलसहित छोटो तथा मध्यम दुरीको रुटमा यात्रु बोक्नका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ। 

कमर्सियल प्यासेन्जर सवारी भइकन पनि आम अवलोकनकर्ताको ध्यान यसले खिचिरहेको छ। रुटमा सवारी चलाउने तथा स्कुल प्रयोजनका लागि भ्यान आवश्यक पर्नेले भने निक्कै चासोका साथ यसबारे सोधीखोजी गरेको र बुकिङ गरिरहेको कम्पनीको भनाइ छ। 

king long a.JPG

किङलङको किङविन ईभी प्यासेन्जर भ्यान १४ सिट क्षमताको हो। ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो विद्युतीय भ्यानले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिन्छ। सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग भएको यो भ्यानमा ८०/५० किलोवाटको मोटर रहेको छ। १ सय किलोमिटर प्रतिघण्टाको अधिकतम गति भएको यो भ्यानले ३ सय १० एनएम टर्क जेनेरेट गर्छ। 

त्यस्तै किङलङकै १९ सिट क्षमताको विद्युतीय भ्यानमा ७० किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। ९० किलोवाट पिक पावरको मोटर भएको यो भ्यानको अधिकतम टर्क ३ सय ५० एनएम रहेको छ। छोटो तथा मध्य दुरीको रुटमा यात्रु बोक्नका लागि यो भ्यान निक्कै उपयोगी हुने कम्पनीको भनाइ छ। 

नाडा अटो शोमा आउने अवलोकनकर्ताहरुले किङलङका भ्यानबारे जिज्ञासा राखिरहेको कम्पनीले जनाएको छ।

king long b.JPG


प्रकाशित : शनिबार, भदौ ३० २०८०१२:३८
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # kinglong
  • # ev van
  • # cg motor


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend