बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा निसान : नयाँ म्याग्नाइट र विद्युतीय कार लिफमा उपभोक्ता आकर्षित 

शनिबार, भदौ ३० २०८०
नाडामा निसान : नयाँ म्याग्नाइट र विद्युतीय कार लिफमा उपभोक्ता आकर्षित 

पायोनियरले नेपाली बजारमा रुचाइएको मोडल निसान म्याग्नाइटको अल न्यू भेरियन्ट नाडा अटो शोमा सार्वजनिक गरेको हो।

काठमाडौं- जापानी ब्रान्ड निसान विद्युतीय कार तथा पेट्रोलियम कारसहित नाडा अटो शोमा बलियो उपस्थिति रहेको छ। नाडा अटो शो २०२३ मा निसानको स्टलमा निसान फिल र नयाँ म्याग्नाइट मुख्य आकर्षणको रुपमा रहेको छ। 

निसानको लिफ विद्युतीय कार केही वर्षअघि नै नेपाल आएको थियो। जापानी ब्रान्डले उत्पादन गरेको यो विद्युतीय कार विश्व बजारमा निक्कै चर्चा कमाएको कार हो। निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसानका कार डिस्प्ले गर्न आकर्षक स्टन बनाएको छ। 

पायोनियरले नेपाली बजारमा रुचाइएको मोडल निसान म्याग्नाइटको अल न्यू भेरियन्ट नाडा अटो शोमा सार्वजनिक गरेको हो। अटोमेड म्यानुअल ट्रान्समिसन (एएमटी)मा नेपाल आएको हो। कम्पनीले यो गाडीको मूल्य ४५ लाख ८५ हजार तोकेको छ। 

nissan a.JPG

निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने कन्ट्रोल र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध छन्। पुरानो १.० लिटर पेट्रोल म्यान्यूअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यान्यूअल ट्रान्समिसनमा उपलब्ध म्याग्नाइट विभिन्न ११ भेरियन्टमा आएको हो। 

यसमा पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपीएममा ७२ पीएस पावर र ३ हजार ५ सय आरपीएममा ९६ एनएम टर्क उत्पादन गर्छ। यसको डिजेल इन्जिनले ५ हजार आरपीएममा १ सय पीएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय  आरपीएममा १ सय ६० एनएम टर्क उत्पादन गर्छ। नयाँ भेरियन्टमा पनि पावरट्रेन भने परिवर्तन गरिएका छैनन।

nissan b.JPG

नाडा अटो शोको निसानको स्टलमा नयाँ म्याग्नाइटको नयाँ एएमटी कार मुख्य आकर्षणको रुपमा छ। कम्प्याक्ट एसयूभी सेगमेन्टको यो गाडी नेपाली बाटो सुहाउँदो रहेकाले पनि धेरैको चासो देखिएको हो। 

त्यस्तै नाडा अटो शो २०२३ मा निसानको स्टलमा नाभारा, एक्सट्रेल, किक्स र लिफ पनि राखिएको छ। गएको मंगलबारबाट सुरु भएको अटो शो आइतबारसम्म चल्ने छ। 


प्रकाशित : शनिबार, भदौ ३० २०८०१२:२०
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # nissan
  • # nissan leaf
  • # nissan magnite


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend