बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा सुनरा : एक लाख ८९ हजारमै १ सय किलोटिर रेन्ज दिने सुनरा के फाइभ 

शनिबार, भदौ ३० २०८०
नाडामा सुनरा : एक लाख ८९ हजारमै १ सय किलोटिर रेन्ज दिने सुनरा के फाइभ 

सुनरा के फाइभको पिक पावर ४ हजार वाट रहेको छ भने यो स्कुटले एक पटकको फुल चार्जमा १ सय किलोेमिटर रेन्ज दिन्छ। त्यस्तै यो स्कुटरको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ।

काठमाडौं- नाडा अटो शोमा थुप्रै ब्रान्डका विद्युतीय स्कुटरहरु प्रदर्शनीमा राखिएका छन्। उपभोक्ताहरुको ध्यान भरपर्दा ब्रान्ड र उपयुक्त मूल्य तथा उत्कृष्ट रेन्ज दिने विद्यु्तीय स्कुटरमा आकर्षत भइरहेको छ। 

अटो शोमा राखिएका त्यस्तै मध्यको एक ब्रान्ड हो सुनरा। सुनराको के फाइभ विद्युतीय स्कुटरमा अटो शोमा आउने अवलोकनकर्ताको ध्यान खिचिरहेको छ। प्रतिस्पर्धीको तुलनामा कम मूल्यमा आएको तर विशेषताले उत्कृष्ट सुनरा के फाइभ धेरैको रोजाइमा पर्न सक्छ। 

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले सीमित क्षेत्रफलमा आकर्षक डिजाइनसहित स्टल बनाएको छ। सुनराका विभिन्न मोडलहरु अटो शोमा डिस्प्लेका लागि राखिएका छन्। ती मध्ये सुरुवाती मूल्य १ लाख ८९ हजार रुपैयाँ तोकिएको सुनरा के फाइभले धेरैको ध्यान तानेको छ। 

suntra k 5.jpg

सुनरा के फाइभको पिक पावर ४ हजार वाट रहेको छ भने यो स्कुटरले एक पटकको फुल चार्जमा १ सय किलोेमिटर रेन्ज दिन्छ। त्यस्तै यो स्कुटरको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ। 

चीन तथा पूर्वीएसियामा लाकप्रिय रहेको सुनरा ब्रान्डको विद्युतीय स्कुटर केही समयअघि नेपाल आएको हो। सुनराले ३ सय ५० वाट देखि ४ हजार ५ सय वाट क्षमतासम्मको मोटर क्षमता भएका विद्युतीय सवारी उत्पादन गर्दै आएको छ। 

सुनराका विद्युतीय स्कुटर, मोटरसाइकल, वाइसाइकल र ई-कार उत्पादन हुँदै आएको छ। सुरुमा केटीएम इन्टरनेशनलले सुनरा ब्रान्डका दुई मोडलका विद्युतीय स्कुटर नेपाल ल्याएको थियो। त्यसयता विभिन्न मोडलहरु थप्दै लगेको छ। 

आकर्षक र शक्तिशाली विद्युतीय स्कुटरको माग बढ्दै आएकाले केटीएमले सुनरा ब्रान्डका विद्युतीय स्कुृटर ल्याएको जनाएको हो। उपभोक्ताको चाहना र मागलाई सम्बोधन गर्न डिजाइनमा आकर्षक र लामो रेन्ज दिने विद्युतीय स्कुटर ल्याएकाले नाडामा पनि सुनराका स्कुटरमा अवलोकनकर्ताहरु आकर्षित भएका हुन्। 

sunra a.JPG

सुनराको रोबो एस विद्युतीय स्कुटर एक पटकको फुल चार्जमा १ सय ३५ किलोमिटर कुद्ने छ। ३ हजार वाट मोटर पावर भएको यो स्कुटरको अधिकतम गति ८५ किलोमिटर प्रतिघण्टा रहेको छ। कालो र सेतो गरि दुई कलर अप्सनमा उपलब्ध यो विद्युतीय स्कुटरमा इन्टिग्रेटेड एलईडी टेललाइट, फाइभभी यूएसबी फेन चार्जिङ पोर्ट, तीन स्पीड मोडसहितको क्रुज कन्ट्रोल र रिभर्स सिस्टम रहेको छ। यो स्कुटरमा भएको डुवल पावर मोटरले २ सय ३० एनएम टर्क जेनेरेट गर्नेछ। डुअल ७२भी२० एएत लिथियम आयन (पोर्टेवल) ब्याट्री यो स्कुटरमा छ।

केटीएमले ल्याएको अर्को विद्युतीय स्कुटर हो हक। यो स्कुटरमा १८ सय वाटको विद्युतीय मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ६५ देखि १३० किलोमिटरसम्म रेन्ज दिन्छ। सिंगल ब्याट्रीमा ६५ किलोमिटर र डबल ब्याट्री प्रयोग भएको हकले १ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। 

नाडा अटो शोको अवसरमा केटीएम इन्टरनेशनलले सुनराका स्कुटरमा विशेष सुविधा ल्याएको छ। 


प्रकाशित : शनिबार, भदौ ३० २०८०११:०८
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # sunra
  • # ktm international


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend