मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

कनेक्ट आईपीएसले ल्यायो 'रिफर अ फ्रेण्ड' अफर

शनिबार, भदौ ३० २०८०
कनेक्ट आईपीएसले ल्यायो 'रिफर अ फ्रेण्ड' अफर

भाद्र १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि रिफररले २५ रूपैयाँ र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- कनेक्ट आईपीएसले 'रिफर अ फ्रेण्ड' अफर सार्वजनिक गरेको छ। यो अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएस रजिष्टर हुन रिफर गर्न सक्नेछन्।

उक्त अफरअन्तर्गत भाद्र १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि रिफररले २५ रूपैयाँ र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ। रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाइ गरेपश्चात् रिफररले २५ रूपैयाँ आफ्नो बैंक खातामा र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ।

रिफररले आफ्नो 'रिफरल कोड' सँगै लिंक पनि सेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत नयाँ यूजर बनाउन सक्नेछ। रिफरीको लिंक गरिएको खाता भेरिफाइ भएपश्चात् मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाइ गराइसक्नुपर्ने हुन्छ। 


प्रकाशित : शनिबार, भदौ ३० २०८००६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend