मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आइसरको ग्राहक भेला सम्पन्न

शनिबार, भदौ ३० २०८०
आइसरको ग्राहक भेला सम्पन्न

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जेएचएसडीबाट तुलात्मक रूपमा ५-८ प्रतिशत अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडीभित्र नै सिल्पर क्याबिन रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- आइसर ३०१५ जेएचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले आइसर ३०१५ जेएचएसडी मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापूर्वक जानकारी लिएका थिए।

भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएका थिए। यी विवरणहरूले ग्राहकहरूलाई गाडीको क्षमताबारे राम्ररी जानकारी गराएको थियो।

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जेएचएसडीबाट तुलात्मक रूपमा ५-८ प्रतिशत अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडीभित्र नै सिल्पर क्याबिन रहेको कम्पनीले जनाएको छ।

साथसाथै २७ प्रतिशत उकालोमा सजिलै आइसर ३०१५ जेएचएसडी मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्ने बताउँदै ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुर कुमार गाहले बताए।


प्रकाशित : शनिबार, भदौ ३० २०८००५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend