मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

विद्युतीय सवारीको ब्याट्री उत्पादनमा सीएटीएलको हिस्सा ४४.२९ प्रतिशत

शुक्रबार, भदौ २९ २०८०
विद्युतीय सवारीको ब्याट्री उत्पादनमा सीएटीएलको हिस्सा ४४.२९ प्रतिशत

अगस्टमा चिनियाँ बजारमा बिक्री भएका कुल ब्याट्री मध्ये ४४.२९ प्रतिशत ब्याट्री सीएटीएलले उत्पादन गरेको हो। अघिल्लो महिनाको तुलनामा अगस्टमा सीएटीएलले आफ्नो बजार हिस्सा बढाएको हो। 

काठमाडौं- विद्युतीय सवारीको सबैभन्दा महत्वपूर्ण पक्ष वा भनौँ मुटु भनेको ब्याट्री हो। शून्य प्रदूषण सवारीको विकल्पका रुपमा अहिलेसम्म सबैभन्दा उत्तम विकल्प ब्याट्रीमा आधारित विद्युतीय सवारी नै हो। 

त्यस्तै ब्याट्री उत्पादनमा विभिन्न कम्पनीहरु प्रतिस्पर्धामा छन्। त्यसमध्ये सबैभन्दा धेरै हिस्सा चिनियाँ कम्पनी सीएटीएलले ओगटेको छ। उत्कृष्ट प्रविधि र धेरै रेन्ज दिने ब्याट्री उत्पादनमा कहलिएकाले पनि सीएटीएलको ब्याट्री अधिकांश विद्युतीय सवारी उत्पादकको रोजाइमा पर्दै आएको छ। 

अगस्टमा चिनियाँ बजारमा बिक्री भएका कुल ब्याट्री मध्ये ४४.२९ प्रतिशत ब्याट्री सीएटीएलले उत्पादन गरेको हो। अघिल्लो महिनाको तुलनामा अगस्टमा सीएटीएलले आफ्नो बजार हिस्सा बढाएको हो। 

अगस्टमा चीनमा विद्युतीय सवारीका लागि ३४.९ गिगावाट ब्याट्री इन्स्टल भएको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.७ प्रतिशतले र जुलाईको तुलनामा ८.२ प्रतिशतले वृद्धि भएको चाइना अटोमोटिभ ब्याट्री इनोभेसन अलाइन्स (सीएबीआईए)ले जनाएको छ। 

battery catl china.jpg

चीनमा अगस्टमा इन्स्टल भएको ३४.९ गिगावाट ब्याट्रीमध्ये १५.४५ गिगावाट ब्याट्री सीएटीएल एक्लैले इन्स्टल गरेको हो। यो भनेको चीनमा विद्युतीय सवारीमा इन्स्टल भएको कुल ब्याट्रीको ४४.२९ प्रतिशत हो। यता बीवाईडीको ब्याट्री इन्स्टल क्षमता घटेको छ। बीवाईडीले अगस्टमा ९.४१ गिगावाट ब्याट्री स्टल गरेको हो जुन २६.९७ प्रतिशत हिस्सा हो। जुलाईको तुलनामा बीवाईडीको ब्याट्री इन्स्टल २.०४ प्रतिशतले घटेको तथ्यांक छ। 

त्यस्तै तेस्रो स्थानमा रहेको सीएएलबीले अगस्टमा ३.३९ गिगावाट ब्याट्री इन्स्टल गर्दा चौथो स्थानमा रहेको गोसन हाइटेकले १.२४ गिगावाट ब्याट्री इन्स्टल गरेको हो। यसैगरि पाँचौ स्थानमा रहेको ईभीई इनर्जीले १.२२ गिगावाट ब्याट्री इन्स्टल गरेको तथ्यांक छ। 

सीएटीएलका ब्याट्री विश्वका चर्चित विद्युतीय सवारी उत्पादनहरुले प्रयोग गर्दै आएका छन्। नेपालमा उपलब्ध निटा भीलगायत विद्युतीय सवारीमा समेत सीएटीएलले उत्पादन गरेको उच्च प्रविधियुक्त ब्याट्री प्रयोग गरिएको छ। 


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१४:२०
  • सम्बन्धित विषय:

  • # catl battery
  • # ev battery


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend