बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा फोर्ड : प्रिमियम सेगमेन्टका उपभोक्ता आकर्षित गरिरहेको राप्टर

शुक्रबार, भदौ २९ २०८०
नाडामा फोर्ड : प्रिमियम सेगमेन्टका उपभोक्ता आकर्षित गरिरहेको राप्टर

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर बीआई टर्वो डिजेल इन्जिनमा १० स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २ सय १० पीएस पावर र ५ सय एनएम टर्क जेनेरेट गर्छ। 

काठमाडौं- नाडा अटो शोमा फोर्डका प्रिमियम सवारी प्रदर्शनीमा राखिएका छन्। फोर्डको स्टल पनि सवारीअनुसार प्रिमियम झल्कने गरिनै निर्माण गरिएको छ। 

फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले प्रिमियम सेगमेन्टका राप्टर, रेन्जर र एभरेष्ट गाडी अटो शोमा प्रदर्शनीका लागि राखिएको छ। एसयूभी र पिकअपको बाटो झल्काउने गरिनै जीओ फोर्डले स्टल बनाएको छ। 

नाडा अटो शोमा प्रिमियम सेगमेन्टका सवारी बिक्रीता वा न्यून संख्यामा प्रिमियम सवारी उपलब्ध छ। प्रिमियम सेगमेन्टमा फोर्डले अटो शोमा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ। 

फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाइन तथा इन्जिनियरिङ गरिएको नेक्स्टजेन रेन्जर राप्टरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्।

ford nada (3) copy.jpg

राप्टरले अफरोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ र विश्वभरका अफरोड प्रेमीहरु यस संस्करण प्रति निकै उत्साहित रहेका छन्। अफरोड भूभागलाई मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्टजेन रेन्जर रापटरमा नयाँ ट्वीन टर्वो ३.० लिटर इकोबुस्ट भीसिक्स पेट्रोल इन्जिन जडान गरिएको छ। यसले ५ हजार ६ सय ५० आरपीएममा ३ सय ९७ पीएस पावर प्रदान गर्दछ र ३५ सय आरपीएममा ५ सय ८३ एनएम टर्क उत्पादन गर्दछ। 

फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको १० स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्टजेन रेन्जर रापटरको नयाँ इन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ। यो गाडी नाडामा प्रदर्शनीका लागि राखिएको छ। 

ford nada (5) copy.jpg

त्यस्तै शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाइएको फोर्ड एभरेष्ट एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी विशेषता रहेको छ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर बीआई टर्वो डिजेल इन्जिनमा १० स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २ सय १० पीएस पावर र ५ सय एनएम टर्क जेनेरेट गर्छ। 

त्यस्तै जीओ अटोमोबाइल्सले २०२२ संस्करणको नयाँ रेन्जर नेपाली बजारमा उपलब्ध गराएको थियो। २.० लिटर  सिंगल टर्वो र बाई टर्वोयुक्त नेक्स्टजेन फोर्ड रेन्जर पनि नाडा अटो शोमा राखिएको छ। अमेरिकी ब्रान्ड फोर्डको प्रिमियम सवारी नाडा अटो शोमा उपलब्ध गराएकाले यो सेगमेन्टका गाडी खोज्नेहरुका लागि उपयुक्त विकल्प रहेको छ। 

ford nada (2) copy.jpg
ford nada (4) copy.jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१३:३९
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # ford
  • # goford
  • # goautomobile
  • # ford raptor
  • # ranger


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend