बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा सिट्रोन : सिट्रोन ईसी थ्रीले तानेको अवलोकनकर्ताको ध्यान

शुक्रबार, भदौ २९ २०८०
नाडामा सिट्रोन : सिट्रोन ईसी थ्रीले तानेको अवलोकनकर्ताको ध्यान

सिट्रोन ईसी थ्री लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

काठमाडौं- नाडा अटो शोमा विभिन्न ब्रान्डका ईभी प्रदर्शनीका लागि राखिएका छन्। तीमध्ये एक ब्रान्ड हो सिट्रान। सिट्रोनको ईसी थ्री विद्युतीय कार नाडा अटो शोमा मुख्य आकर्षणमध्यको एक हो। 

फ्रान्सेली कम्पनीले उत्पादन गरेको सिट्रोन ईसी थ्री भारतमा उत्पादन भएको विद्युतीय कार हो। सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नाडामा सिम्पल थिममा आकर्षक स्टल बनाएर ईसी थ्रीसहित विभिन्न मोडलका कार प्रदर्शनीका लागि राखेको छ। 

सिट्रोन ईसी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ। फ्रन्ट ह्वील ड्राइभ सिट्रोन ईसी थ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ। सिट्रोन ईसी थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको गति तय गर्न सक्छ। 

citron nada (1).jpg

यो ईभीको टप स्पीड १ सय ७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ। यी विशेषताले नाडामा आएका उपभोक्तालाई आकर्षित गरिरहेको छ। विश्वसनीय ब्रान्डको सिट्रोन र यसको आधिकारिक बिक्रेताले उपपलब्ध गराउने सर्भिसका कारण पनि धेरैको रोजइमा सिट्रोनका कार पर्ने गरेका छन्। 

एआरएआईका अनुसार सिट्रोन ईसी थ्रीले एक पटकको फुल चार्जमा ३ सय २० किलोमिटरसम्मको रेन्ज दिन्छ। यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

citron nada (7).jpg

कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ। त्यसैगरि यसमा रहेको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ।

सिट्रोन ईसी थ्री लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

नाडा अटो शो अवधिभरका लागि सांग्रिला मोटर्सले विभिन्न अफरहरु ल्याएको छ। अटो शोमा सिट्रोनको ईसी थ्रीका साथै पेट्रोल भर्सनको सी थ्री र एयूभी सेगमेन्टको सी फाइभ एयरक्रस पनि प्रदर्शनीका लागि राखिएको छ।  

citron nada (2).jpg
citron nada (3).jpg
citron nada (4).jpg
citron nada (5).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१३:१८
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # citron
  • # citronec3
  • # sangrila mator


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend