बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा हुन्डाई : ईभी र आसीईको संगम, सदाबहार कोना र आयोनिक फाइभ तथा नयाँ एक्सटर

नाइट एडिसन नयाँ क्रेटा पनि

शुक्रबार, भदौ २९ २०८०
नाडामा हुन्डाई : ईभी र आसीईको संगम, सदाबहार कोना र आयोनिक फाइभ तथा नयाँ एक्सटर

हुन्डाईको स्टलमा विगत लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको कोना ईभी राखिएको छ।

काठमाडौं- मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२३ को शुक्रबार चौथो दिनमा चलिरहेको छ। विद्युतीय कारप्रति अलिबढी आकर्षित अवलोकनकर्ताहरूका लागि हुन्डाईको स्टलले स्वभाविक रूपमै अड्याइरहेको छ। 

हुन्डाईको स्टलमा पेट्रोलियम कार र विद्युतीय कार दुवै भएकाले पनि अवलोकनकर्ताहरुलाई आकर्षित गरिरहेको हो। हुन्डाईको स्टलमा विगत लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको कोना ईभी राखिएको छ तर यो कोना ईभी नयाँ डिजाइन र परिष्कृत विशेषतासहित नेपाल आएको हो। हुन्डाई कोना ईभी नेपाली उपभोक्ताबीच परिचित नै छ। 

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिने नयाँ कम्प्याक्ट एसयूभी एक्सटर समेत नाडा आटो शोमा सार्वजनिक गरेको हो। सानो आकारको एसयूभी एक्सटर बारे नाडामा आउने धेरैले चासो दिइरहेका छन्। एक्सट नाडा अटो शोको पहिलो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेका हुन्। 

hyundai nada (2).jpg

त्यस्तै नेपाली उपभोक्ताका लागि हुन्डाईको क्रेटा अर्काे सदाबहार एसयूभी हो। लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा क्रेटाको नयाँ भर्सन नाइट एडिसन पनि सार्वजनिक गरेको हो। विभिन्न रेन्जका सवारी हुन्डाईले उपलब्ध गराउँदै आएको छ।

यो नाडा अटो शोमा लक्ष्मी इन्टरकन्टिनेन्टलले सिम्पल डिजाइनमा आकर्षक स्टल तयार गरेर अवलोकनकर्ता आकर्षित गरिरहेको छ।

hyundai nada.jpg

लामो आकारमा बनेको स्टलमा विद्युतीयदेखि नयाँ एक्सटरसम्म चिटिक्क पारेर राखिएको छ। यसले पनि अवलोकनकर्तालाई अकर्षित गरिरहेको छ। 

हुडाईको अर्को विद्युतीय कार आयोनिक फाइभ पनि नाडाको आकर्षणका रुपमा रहेको छ। हेर्ने वित्तिकै जोकोहीको आँखा अडिने डिजाइन भएको आयोनिक फाइभ केही वर्षदेखि नै नेपाली बजारमा बिक्री हुँदै आएको छ। 

hyundai nada (3).jpg

त्यस्तै हुन्डाईका ग्रान्ड आइटेन नियोस, भेन्यू, टुसान, अउरालगायतका कारसमेत नाडा अटो शोमा राखिएको छ। ग्रान्ड आइटेन नियोस, भेन्यू, क्रेटा हुन्डाईको सवार्धिक बिक्री हुने कारमा पर्छ। नाडा अटो शोमा पनि विद्युतीय कार कोना ईभी र आयोनिक फाइभ पछि उल्लेखित कारहरुले धेरैको ध्यान तानेको छ। 

मंगलबारदेखि सुरु भएको नाडा अटो शो आइतबारसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ। नाडा अटो शो अवधिभरका लागि हुन्डाईले विभिन्न स्किम तथा योजनाहरुसमेत ल्याएको छ। 

hyundai nada (5).jpg
hyundai nada (4).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१२:०५
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # hyundaivenue
  • # nada
  • # nada auto show2023
  • # hyundai
  • # creta


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend