बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा किया : नयाँ स्पोर्टेजले तान्दैछ अवलोकनकर्ताको ध्यान

शुक्रबार, भदौ २९ २०८०
नाडामा किया : नयाँ स्पोर्टेजले तान्दैछ अवलोकनकर्ताको ध्यान

यसका साथै सानो आकारको कम्प्याक्ट एसयूभी सोनेट पनि नाडामा राखिएको छ। प्रतिस्पर्धी सेगमेन्टमा किया सोनेटले आफ्नो उपस्थिति दरिलो बनाएको छ। नाडामा पनि सोनेटबारे धेरैले जिज्ञासा राखेका छन्।

काठमाडौं- नाडा अटो शोमा कियाको नयाँ स्पोर्टेज राखिएको छ। नाडामै सार्वजनिक भएको यो एसयूभीले धेरैको ध्यान तानिरहेको छ।

कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रलिले सिम्पल डिजाइनमा सजाएको स्टलमा स्पोर्टेज, सेल्टोस र सोनेट प्रदर्शनीमा राखिएको छ। प्रिमियम एसयूभी रोज्नेहरूका लागि किया स्टोर्टेज उपयुक्त विकल्प हुन सक्छ। नाडामा सवारी लिन चाहनेले विशेष सुविधा पाउने कम्पनीले जनाएको छ।

त्यस्तै कियाको मिडसापज एसयूभी सेल्टोमा पनि उपभोक्ताको आकर्षण रहेको छ। नेपाली बजारमा सफल मानिएको सेल्टोस नाडामा आउने अवलोकनकर्ताका लागि पनि चासोमा परिरहेको छ।

KIA nada  (1).jpg

पाचौँ पुस्ताको स्पोर्टेज पहिलेको तुलनामा निक्कै परिमार्जन सहित आएको छ। स्पोर्टज एसलाइन नाडामै सार्वजनिक भएको हो। यो एसयूभीको नेपाली बजार मूल्य १ करोड २५ लाख ९० हजार रूपैयाँ तोकिएको छ। पेट्रोल इन्जिन्जमा उपलब्ध छ। 

यसका साथै सानो आकारको कम्प्याक्ट एसयूभी सोनेट पनि नाडामा राखिएको छ। प्रतिस्पर्धी सेगमेन्टमा किया सोनेटले आफ्नो उपस्थिति दरिलो बनाएको छ। नाडामा पनि सोनेटबारे धेरैले जिज्ञासा राखेका छन्।

कियाको सोरेन्टो पनि नेपाली बजारमा उपलब्ध छ। यो पेट्रोल हाइब्रिड एसयूभी हो। उत्कृष्ट माइलेज दिने यो प्रिमियम एसयूभी नाडामा नराखिएको भएपनि नेपाली उपभोक्ताको रोजाइमा रहेको छ। कियाको नयाँ स्पोर्टेजको बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ।

KIA nada  (2).jpg
KIA nada  (3).jpg
KIA nada  (4).jpg
KIA nada  (7).jpg
KIA nada  (5).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१०:२३
  • सम्बन्धित विषय:

  • # nada
  • # nada auto show2023
  • # kia
  • # kia sportage
  • # biznessnews
  • # cantinental
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend