बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा स्काइवेल : नयाँ ब्रान्डको ईटी फाइभबारे बुझ्ने र बुकिङ गर्ने बढ्दै

शुक्रबार, भदौ २९ २०८०
नाडामा स्काइवेल : नयाँ ब्रान्डको ईटी फाइभबारे बुझ्ने र बुकिङ गर्ने बढ्दै

त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तोकिएको छ।

काठमाडौं- नाडा अटो शोमै सार्वजनिक भएको अर्को ब्रान्ड हो स्काइवेल। चिनियाँ प्रिमियम विद्युतीय सवारी उत्पादन ब्रान्ड स्काइवेलको ईटी फाइन नेपाल आउने तय भइसकेको छ। ईटी फाइभ बारे नाडामा आउने र प्रिमियम विद्युतीय सवारी खोज्नेहरु जी मोटर्सको स्टलमा पुगिरहेका छन्। 

जी मोटर्सले स्काइवेल ब्रान्ड नेपाली बजारमा आधिकारिक बिक्रेताको रुपमा भित्र्याएको हो। नाडा अटो शोकै पूर्वसन्ध्यामा जी मोटर्सले स्काइवेल ब्रान्ड सार्वजनिक गरेको थियो। 

जी मोटर्सले सुरुमा स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी ईटी फाइभ ल्याउन लागेको हो। आकर्षक डिजाइन र उच्च प्रविधियुक्त ईटी फाइभ हालसम्म नेपालमा उपलब्धमध्ये सबैभन्दा बढी रेन्ज दिने विद्युतीय एसयूभी भएको कम्पनीको भनाइ छ। 

स्काइवेल ईटी फाइभमा भएको विशेषता र एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज पाइने भएकाले धेरैको चासो रहेको जी मोटर्सको भनाइ छ। सोही रेन्ज र विशेषताले धेरैलाई आकर्षित गरेकाले नाडा अटो शोबाट राम्रो संख्यामा बुकिङ भइरहेको छ। २६ गतेदेखि सुरु भएको नाडा अटो शो २०२३ मा उत्साहजन बुकिङ र उपभोक्ताको चासो रहेको जी मोटर्सले जनाएको छ। 

skywell nada  (2).jpg

स्काइवेलका विद्युतीय सवारी ४५ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ दसैँअघि नेपाल आइपुग्ने कम्पनीको भनाइ छ। स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने र ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तोकिएको छ। बुकिङ गरेका उपभोक्ताले स्काइवेलको ईटी फाइभ दसैँअघि नै डेलिभरी पाउने दाबी कम्पनीले गरेको छ। सवारी आइपुग्न ढिलाइ हुँदा समेत नाडा अटो शो २०२३ मा आउने अवलोकनकर्ताहरुले उल्लेख्य रुपमा स्काइवेल ब्रान्ड र नेपाल आउने ईटी फाइभ बारे जिज्ञासा राखिरहेको कम्पनीको भनाइ छ। 

skywell nada  (4).jpg

स्काइवेल ईटी फाइभ विशेष गरि इन्टे लिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियमनेस उपलब्ध गराउने छ।

प्रिमियम सेगमेन्टको र धेरै रेन्ज दिने विद्युतीय सवारी खोज्नेहरुले स्काइवेलको ईटी फाइभको विशेषता र कहिले आइपुग्ने लगायबारे चासो दिइरहेका छन्। 

skywell nada  (4).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००८:४९
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # skywell
  • # et5
  • # gmotor


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend