बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा एसआरएम : विद्युतीय भ्यान एक्स ३० एल

शुक्रबार, भदौ २९ २०८०
नाडामा एसआरएम : विद्युतीय भ्यान एक्स ३० एल

एसआरएम एक्स३० एलमा ४१.८६ किलोवाट आवरको ब्याट्री रहेको छ। यो भ्यानमा विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले बनाएको ब्याट्री प्रयोग गरिएको छ। 

काठमाडौं- प्यासेन्जर कारमा मात्र नभइ माइक्रो तथा भ्यान सेगमेन्टमा पनि विद्युतीय सवारीको माग बढ्दै गइरहेको छ। त्यस्तैमा नेपाल आएको एसआरएम ब्रान्डका विद्युतीय भ्यान नाडा अटो शोमा पनि राखिएको छ।

११ सिट क्षमताको सुविधायुक्त यो प्यासेन्जर मिनि भ्यान हेर्ने र जिज्ञासा राख्नेको संख्या उल्लेख्य रहेको छ। पुजा कन्स्ट्रक्सन नेपाल प्रालिले नेपाल ल्याएको यो विद्युतीय भ्यान स्कुल बस तथा विभिन्न छोटो र मध्यम दुरीको रुटका लागि उपयुक्त हुन्छ।

कम्पनीले नाडा अटो शोमा आकर्षक रुपमा स्टल सजाएर एमआरएमको एक्स ३० एल ईभी भ्यान प्रदर्शनीका लागि राखेको छ। एसआरएम एक्स ३० एलमा ४१.८६ किलोवाट आवरको ब्याट्री रहेको छ। यो भ्यानमा विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले बनाएको ब्याट्री प्रयोग गरिएको छ। 

SRM nada (2).jpg

यो भ्यानले एक पटकको फुल चार्ज ३ सय किलोमिटर रेन्ज दिन्छ भने ४५ मिनेटमा शून्यदेखि ८० प्रतिशत चार्ज हुन्छ। १ सय किलोमिटर प्रतिघण्टाको अधिकतम गतिरहेको यो भ्यानमा ६० किलोवाटको मोटर पावर छ। 

११ सिट क्षमताको एसआरएम एक्स३० एलको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम छ। यो भ्यानमा पुजा कन्स्ट्रक्सनले ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ।

SRM nada (3).jpg

वातावरणमैत्री र डिजेलको तुलनाामा ज्यादै न्यून सञ्चालन खर्च हुने भएकाले विद्युतीय भ्यानको प्रयोग बढ्दै भएको छ। 

नाडामा आउने धेरैले विद्युतीय भ्यान बारे चासो दिइरहेको पुजा कन्स्ट्रक्सनले जनाएको छ। त्यसमा पनि एसआरएमका भ्यानबारे धेरैले चासो दिएको र करिब ३ दर्जन बुकिङ भइसकेको कम्पनीको भनाइ छ। नाडा अटो शो आइतबारसम्म चल्ने भएकाले इक्वाइरी र बुकिङ अझै बढ्ने कम्पनीको विश्वास छ। 


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००९:२५
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # srm ev
  • # srm mini vam


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend