बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा जीडब्लूएम : पावर, हाभल र ओरा ईभीको संगम

शुक्रबार, भदौ २९ २०८०
नाडामा जीडब्लूएम : पावर, हाभल र ओरा ईभीको संगम

ओरा ३ मा ४८ केडब्लूएचको ब्याट्री प्याक रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिन्छ।

काठमाडौं- ग्रेटवाल मोटस (जीडब्लूएम)ले नाडा अटो शोमा पावर हाभल र ओरा ईभी ब्रान्डलाई समानान्तर रुपमा राखेको छ। त्यसमध्ये विद्युतीय कार ओरालाई प्राथमिकता दिएको छ। नाडामा आउने धेरैको ध्यान क्लासिक डिजाइनयुक्त ओराले खिचिरहेको छ। 

मंगलबारदेखि भृकुटिमण्डपमा जारी नाडा अटो शोमा आउनेहरुले ओरा ०३ ईभीलाई विशेष चासोका साथ हेरिरहेको र यसबार जिज्ञासा राखिरहेको कम्पनीले जनाएको छ। नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले सिम्पल डिजाइनमा आकर्षक स्टल तयार पारेर ओरा ईभीसहित पावर र हाभल ब्रान्ड राखिएको छ।  

रेट्रो-मोर्डनिस्टिक ओरा विद्युतीय कारका लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ। प्रिमियम लेथरेट सिट पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जरजस्ता आधुनिक सुविधाहरूसहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन्। 

GWm nada  (2).jpg

ओरा ३ मा ४८ केडब्लूएचको ब्याट्री प्याक रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिन्छ। यो रेन्ज एनईडीसीले प्रमाणित गरेको हो। ओरा ३ एनएनसीएपी र युरोएनक्याप दुवैमा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ। जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ र यो सुरक्षा प्रमाणित विद्युतीय कार नेपाली बजारमा अन्य मोडल छैनन्।

ओरा ३ मा सिक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता सुरक्षा विशेषतहरु उपलब्ध छन्। 

GWm nada  (3).jpg

नाडामा आउने अधिकांशले ओरा ईभीमा ध्यान दिनुको कारण यसको क्लालिक लुक्स र आकर्षक रंगहरु पनि हुन्। ओरा आधा दर्जन रंगमा उपलब्ध रहेको छ। 

जीडब्लूएम नेपालले हाभल एच सिक्स, हाभल जोलायन, पावरलाई नाडामा राखेको छ। त्यस्तै जीडब्लूएमको विंगल ५ लगायत ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। नाडाका लागि भीजी इम्पेक्सले विशेष योजनासमेत ल्याएको छ। नाडा अटो शो आइतबारसम्म चल्नेछ। 

GWm nada  (4).jpg
GWm nada  (5).jpg
GWm nada  (6).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००८:१८
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # gwm
  • # ora3
  • # oraev


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend