बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा सेरेस : नयाँ ब्रान्डको दुई विद्युतीय मोडल, ई वान र सेरेस थ्रीमा अवलोकनकर्ता आकर्षित

शुक्रबार, भदौ २९ २०८०
नाडामा सेरेस : नयाँ ब्रान्डको दुई विद्युतीय मोडल, ई वान र सेरेस थ्रीमा अवलोकनकर्ता आकर्षित

मिनी ई वान र सेरेस थ्रीलाई प्लेसमेन्ट गरिएको स्टलमा अवलोकनकर्ता चासोका साथ सवारीबारे जिज्ञासा राखिरहेका छन्।

काठमाडौं- नाडा अटो शो २०२३ मा नयाँ चिनियाँ ब्रान्ड सार्वजनिक भयो। विद्युतीय सवारीसहित नाडामा सार्वजनिक भएको सेसेर ब्रान्डका दुई सवारी आएका छन्। सेरेसको मिनी ईभी ई वान र एसयूभी सेगमेन्टको सेरेस थ्री नाडामा प्रदर्शनीका लागि राखिएका छन्। 

मिनी ईभी ई वान र सेरेस थ्रीमा नाडा अटो शो अवलोकन गर्न आउनेहरु रोकिरै हेर्ने गरेका छन्। सेरेसलाई बर्न इन अमेरिका, प्रुभ इन युरोप र हाल नेपालमा भन्ने नाराका साथ एमएडब्लू वृद्धिले आधिकारिक रुपमा भित्र्याएको हो। 

एमएडब्लू वृद्धिले सेरेसका स्टललाई आकर्षक बनाएको छ। मिनी ई वान र सेरेस थ्रीलाई प्लेसमेन्ट गरिएको स्टलमा अवलोकनकर्ता चासोका साथ सवारीबारे जिज्ञासा राखिरहेका छन्। नयाँ ब्रान्ड भइकन पनि सेरेसले नाडा अटो शोमा राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ।

seres nada (2).jpg

सेरेस ३ कम्फर्ट भेरियन्टको सुरुवाती मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तय गरिएको कम्पनीको भनाइ छ। यो मूल्य सीमित अवधिका लागि मात्र हुने जनाएको छ। त्यसैगरी सेरेस ई वानको सुरुवाती मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ। ई वान मिड भेरियन्टको मूल्य १६ लाख ४९ हजार र टप भेरियन्टको १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

सेरेस थ्री विद्युतीय सवारीसाधनमा मात्र नभइ लक्जरी, पावर र अनरोड र अफरोड दुवै सडकमा उपयुक्त हुने कम्पनीको भनाइ छ। ९९ किलोवाट पीक पावरको मोटर र ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक सेरेस थ्रीमा छ। यसले एक पटकको फुल चार्जमा ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

seres nada.jpg

सेरेस मिनी ईभी ई वानमा १३.८ र १६.८ किलोवाट आवर लिथियम आयन ब्याट्रीमा उपलब्ध छ। गाडीमा उपलब्ध ब्याट्रीले एक पटकको फुल चार्जमा १ सय ८० किलोमिटरदेखि २ सय २० किलोमिटरसम्मको रेन्ज कम्पनीले जनाएको छ। 

नाडा अटो शोको तेस्रो दिनसम्ममा सेरेसको ई वान र सेरेस थ्री उल्लेख्य संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ।

seres nada (6).jpg
seres nada (3).jpg
seres nada (5).jpg
seres nada (4).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००६:२७
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # seres
  • # seres3


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend