मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

रोयल इनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २९ २०८०
रोयल इनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

कम्पनीले क्लासिक ३५० डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ।

काठमाडौं- रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो।

कम्पनीले क्लासिक ३५० डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्टको बुकिङ समेत खुला गरिएको कम्पनीले जनाएको छ। 

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ। यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य विशेषताहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ।

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ। उक्त इन्जिनले अधिकतम ६१ सय आरपीएममा २०।४८ हर्स पावर र ४ हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता विशेषताहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००४:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend