बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा भेस्पा/अप्रिलिया : युवा आकर्षित गर्दै अप्रिलिया एसआर १६०

शुक्रबार, भदौ २९ २०८०
नाडामा भेस्पा/अप्रिलिया : युवा आकर्षित गर्दै अप्रिलिया एसआर १६०

अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी इन्जिन छ र यो मात्र ७.५ सेकेन्डभित्रै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टा सहजै जान्छ।

काठमाडौं- प्रिमियम स्कुटर खोज्नेहरूको ध्यान भेस्पा/अप्रिलियामै जान्छ। इटालीयन ब्रान्डका भेस्पा र अप्रिलियाका स्कुटर रोज्नेहरूको ध्यान नाडा अटो शो २०२३ मा रहेको भेस्पा/अप्रिलियाको स्टलमै रोकिन्छ। 

डेल्टा अटोकर्प प्रालिले आधिकारिक रुपमा बिक्री गरिरहेको इटालियन पियाजियो ग्रुपले उत्पादन गरेको भेस्पा अप्रिलिया रेन्जको नयाँ स्कुटर अप्रिलिया एसआर १६० ल्याएको छ। डेल्टा अटोकर्पले नयाँ अप्रिलिया एसआर १६० नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको हो। यही स्कुटले अधिकांश अवलोकनकर्ताको ध्यान खिच्ने गरेको छ। 

नयाँ एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक आई गेट इन्जिनयुक्त छ। आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६० को उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरूको रोजाइमा पर्ने स्कुटर भएको कम्पनीले जनाएको भनाइ छ। 

aprilia nada (1).jpg

नाडामा डेल्टाले बनाएको स्टक निक्कै आकर्षक छ। लाइटिङदेखि डेकोरेसनसम्ममा विशेष ध्यान दिएर स्टल बनाइएकाले पनि अवलोकनकर्तालाई आकर्षित गर्छ। स्टलमा उत्कृष्ट प्लेसमेन्ट र भेस्पा/अप्रिलिया ब्रान्डले स्वभाविक रुपमै अटो शोमा जानेहरूलाई अड्याउने गरेको छ। 

अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी इन्जिन छ र यो मात्र ७.५ सेकेन्डभित्रै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टा सहजै जान्छ। यो स्कुटर सहरी सडकहरूमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ।

यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरू छन्। यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिङले गर्दा यो सहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने कम्पनीको भनाइ छ। 

aprilia nada (6).jpg

अप्रिलिया एसआर १६० भारतबाट सीधै आयात गरिने र यो कालो, रातो, सेतो, निलो र खरानी रंगहरूमा उपलब्ध हुनेछ। नाडा अटो शोमा सार्वजनिक गरेको र सोही दिनदेखि बिक्रीको लागि अप्रिलिया एसआर १६० उपलब्ध भएको कम्पनीको भनाइ छ। यसको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँबाट सुरु हुन्छ।

त्यस्तै डेल्टा अटोकर्पले अप्रिलियाका एसआर १२५, एसआर १५० र एसआरएक्स १६० नेपाली बजारमा उपलब्ध गराएको छ। यसैगरि भेस्पाका एलएक्स १२५, भीएक्सएल १२५, एसएक्सएल १२५ लगायत मोडलका स्कुटर उपलब्ध छन्। नाडा अटो शोमा आउने यी भेस्पा अप्रिलियाका यी स्कुटर खरिद वा बुकिङ गर्दा विशेष सुविधा पाउने छन्।  

aprilia nada (4).jpg
aprilia nada (2).jpg
aprilia nada (3).jpg
aprilia nada (5).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००३:५९
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada auto show2023
  • # vespa
  • # apralia
  • # delta autocorp
  • # vespa apralai
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend