बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा फोटोन : ईभी भ्यान र विद्युतीय ट्रक टीएम वानमा आकर्षण

शुक्रबार, भदौ २९ २०८०
नाडामा फोटोन : ईभी भ्यान र विद्युतीय ट्रक टीएम वानमा आकर्षण

ईभी भ्यानमा ८५ किलोवाटको मोटर जडान गरिएको छ भने यसले २ सय ९० एनएम टर्क जेनेरेट गर्छ। यो भ्यानको अधिकतम गति १ सय किलोमिटर प्रतिघण्टा रहेको छ।

काठमाडौं- नाडा अटो शोमा फोटोनका ईभी भ्यान र विद्युतीय ट्रक टीएम वानमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। नाडा अटो शोको तेस्रो दिनसम्म आइपुग्दा फोटोनको ईभी भ्यानबारे जिज्ञासा राख्ने र बुकिङ गर्नेको संख्या बढिरहेका छन्।

फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले अटो शोमा फोटोनको विद्युतीय ट्रक टीएम वान र १५ सिट क्षमताको विद्युतीय भ्यान प्रदर्शनीका लागि राखेको छ। फोटोनको स्टलमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति रहेको र बुकिङ गर्नेको संख्या पनि बढ्दै गएको जनाएको छ।

सीमित स्पेसमा एमएडब्लू वृद्धिले आकर्षक स्टल बनाएको छ। अवलोकनकर्ताको ध्यान खिच्नेगरि बनाइएको स्टलमा फोटोन ईभी भ्यान र टीएम वान ट्रक राखिएका छन्।

फोटोनको विद्युतीय ट्रक टीएम वानले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिन्छ। यस विद्युतीय ट्रक १४ सय किलोको भारवहन क्षमता रहेको छ। नेपालमा उपलब्ध हुने उक्त विद्युतीय टीएम वान पूर्णरपमा यहाँको भूगोल सुहाउदो रहेको कम्पनीको भनाइ छ।

foton nada (5).jpg

नेपालको विभिन्न भूभागमा २÷३ महिनामा सफल परीक्षण गरेपछि कम्पनीले आम रुपमा बिक्रीका लागि उक्त टीएम वान विद्युतीय ट्रक सार्वजनिक गरेको हो। साथै १५ सिट क्षमताको विद्युतीय भ्यान पनि बिक्रीका लागि उपलब्ध भइसकेको छ। एसी, टच स्क्रिन, पावरविन्डोजस्ता प्रिमियम विशेषताका कारण यस विद्युतीय ट्रक एकदमै लक्जरी रहेको छ। 

यसका साथै एकपटकको फुल चार्जमा २ सय ८० किलोमिटरसम्म रेन्ज दिने भएकाले मध्यम दुरीमा समेत उपयुक्त हुनेछ। फोटोनका टीएम वान र १५ सिटे ईभी भ्यान दुवैमा सीएटीएलको एलएफपी ब्याट्री प्रयोग गरिएको छ।

foton nada (6).jpg

ईभी भ्यानमा ८५ किलोवाटको मोटर जडान गरिएको छ भने यसले २ सय ९० एनएम टर्क जेनेरेट गर्छ। यो भ्यानको अधिकतम गति १ सय किलोमिटर प्रतिघण्टा रहेको छ।

त्यस्तै टीएम वान विद्युतीय ट्रकमा ३८.६४ किलोवाट आवरको ब्याट्री छ र यसमा ६० किलोवाटको मोटर जडान गरिएको छ। यसको अधिकतम टर्क २ सय २० एनमए छ। यी दुवै विद्युतीय गाडीमा सीसूएस टू चार्जिङ स्ट्यान्डर्ड रहेको छ।

एमएडब्लू वृद्धिले नाडा अटो शोमा फोटोनको ईभी भ्यान र टीएम वानको खरिद तथा बुकिङ गर्नेलाई विशेष छुटको ब्यवस्था गरौको छ।

foton nada (2).jpg
foton nada (3).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००५:४८
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # foton
  • # foton ev van
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend