मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बिहीबार , भदौ २८ २०८०
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

चाँदीको मूल्य आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ८५ रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा बुधबार प्रतितोला ८ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार स्थिर छ। चाँदीको मूल्य भने आज पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय र तेजाबी सुनको मूल्य एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ८५ रूपैयाँ कायम छ।


प्रकाशित : बिहीबार , भदौ २८ २०८००५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend